पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री « Khabarhub

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री


१ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे संक्राराती महोत्सवमा सहभागी भई शुभकामना दिएकी छन् । 

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडिखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन् ।

सो क्रममा प्रधानमन्त्री कार्कीले  विविधता र बहुलता बीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपूर्ण बनाएको बताइन् । आफ्ना मौलिक संस्कृति, चाड, पर्व र पहिचानमा सबैले गर्व गर्दै तिनको संरक्षण, सम्बद्ध र प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रधानमन्त्री कार्कीले पर्वहरूले नेपालीबीच आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउँदै आएको समेत बताइन् ।

उनले मुलुकका मौलिक पर्वहरूले सबैलाई एकबद्ध भएर शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ५ : ०९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली