इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ « Khabarhub

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको छ । अमेरिकाले दक्षिण चीन सागरबाट क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको हो ।

मध्यपूर्वको इरानमा पछिल्लो समय सरकारविरोधी आन्दोलन चर्किरहेको छ । उक्त आन्दोलनलाई समर्थन जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको धम्की दिइरहेका बेला पछिल्लो घटनाक्रम विकसित भएको हो ।

अमेरिकी सेनाको यूएसएस अब्राहम लिङ्कन नामक लडाकु विमानवाहक युद्धपोतसहितका स्ट्राइक ग्रुप परिचालन गर्न लागिएको न्यूज नेसनले जनाएको छ । यस युद्धपोतका समूहमा यूएसएस अब्राहम लिङ्कनका साथै आक्रामक पनडुब्बी र अन्य विभिन्न किसिमका नौसैनिक जहाज रहेको जनाइएको छ ।

अब यी युद्धपोत अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड मातहत आउने समाचारमा उल्लेख छ । यस कमाण्डमा मध्यपूर्व, दक्षिण एशिया र उत्तर अफ्रिकाका २१ मुलुक समावेश छन् ।

यसअघि इरानले गत बुधबार राजधानी तेहरान आसपासको आकाशमा हवाई उडानमा बन्देज लगाएको थियो । त्यसैगरी, कतारमा रहेको अमेरिकी सैन्य अखडाबाट पनि केही सैनिकलाई हट्न आग्रह गरिएको छ ।

उता बेलायतले भने अत्यावश्यकबाहेक अमेरिकाको निकटस्थ साझेदार इजरायलको यात्रा नगर्न आफ्ना नागरिकलाई आह्वान गरेको छ ।

गत वर्ष पनि इजरायल र इरानबीच द्वन्द्व हुँदा अमेरिकाले इरानका महत्वपूर्ण आणविक निशानालाई लक्षित गरी आक्रामण गरेको थियो ।

पछिल्लो समय इरानमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेको छ । आन्दोलनका क्रममा हालसम्म २ हजारभन्दा धेरैको ज्यान गइसकेको जनाइएको छ ।

इरानको राज्यसञ्चालित टेलिभिजनले राष्ट्रपति ट्रम्पलाई आफ्नो मुलुकमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा हत्याप्रयास हुँदाको तस्बिर प्रसारण गर्दै टेलिभिजनले यसपटक भने ‘गोलीको निशाना नचुक्ने’ चेतवानी दिएको छ ।

ट्रम्पले भने इरानबाट आउने यस्ता धम्कीको बेवास्ता गर्दै आएका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ८ : १६ बजे

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम

मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला

काठमाडौं– मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर

यात्रुले भरतपुर बसपार्कबाटै टिकट काट्न पर्ने

नारायणगढ– भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन