घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखि लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । दुर्घटनामा लमही नगरपालिका–५, कोलहीका ३३ वर्षीय विशाल चौधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बसमा सवार राप्ती गाउँपालिका–४ की मीना ठकुरी, शिला परियार र मोटरसाइकलमा सवार लमही–५ कोलहीका अशोक चौधरी तथा बस मालिक सुशील वली घाइते भएका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस













प्रतिक्रिया