महाशिवरात्रि जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व : ओली « Khabarhub

महाशिवरात्रि जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व : ओली


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व भएको बताएका छन् ।

महाशिवरात्रि पर्वको अवसरमा आज बिहान सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले बाहिरको कोलाहलमा नभइ भित्रको विवेकमा सत्य निहित रहेको उल्लेख गर्दै यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होओस् भन्ने कामना गरेका छन् ।

अध्यक्ष ओलीले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएको बताएका छन् ।

उनले बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकार लगायत सबै बन्धनबाट निकालेर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ भएको तर्क गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : ५४ बजे

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६