वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन « Khabarhub

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को सात महिनामा एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार सङ्कलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा भने २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा पनि २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले माघमा मात्र २१ अर्ब २९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा १८ अर्ब ९० करोड राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ११ : २० बजे

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

दोहा – कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका