ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य « Khabarhub

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतकमा नेपालले वेस्ट इन्डिजले १३४ रनको सामान्य लक्ष्य दिएको छ । 

मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो । 

ऐरीले ४७ बलमा ५८ रन जोड्न ३ चौका र ३ छक्का प्रहार गरे । ३ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमेपछि क्रिजमा आएका ऐरीले खेलको अन्तिमसम्म टिकेर इनिङ उकासे । नेपालबाट सर्वाधिक रन जोड्ने उनी नै हुन् ।

नेपालका सुरुवाती क्रममा ब्याटरहरु चल्न नसक्दा वेस्ट इन्डिजले सामान्य लक्ष्य पाएको हो । 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा आउट भए । भुर्तेलले १ र आसिफले ११ रन मात्रै जोडे । पहिलो विकेट गुमेपछि क्रिजमा आएका कप्तान रोहित पौडेल ५ रन जोडेर आउट भए । 

खेल ६ ओभरको तेस्रो बलमा पुग्दा नेपालले आरिफ शेखलाई गुमायो । आरिफले ८ बल खर्चेर २ रन जोडे  । यसबेला नेपाल ४ विकेटको क्षतिमा २३ रनको कमजोर अवस्थामा थियो । 

लोकस बम पनि आजको खेलमा चल्न सकेनन् । उनले १५ बल सामान गर्दा १३ रन जोडे । गुल्सनलले ११ रन मात्रै जोडे । 

सोमपालले भने इनिङ उकास्न ऐरीलाई साथ दिए । उनले अविजीत २६ रन जोडे । उनले ४ चौका प्रहार गरे ।  दीपेन्द्र र सोमपालको साझेदारीले नेपालको इनिङ केही हदसम्म उकासियो ।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर नेपालका ब्याटरका लागि घातक साबित भए । चार विकेट लिएका उनले आसिफ, आरिफ, ऐरी र करण केसीलाई आउट गराए ।

अकिल होसेनले भुर्तेलललाई आउट गराए । म्याथ्यू फोर्ड कप्तान पौडेल, शमर जोसेफले लोकेश बम र रोस्टन चेसले गुल्सन झाको विकेट लिए ।

वेस्ट इन्डिजका जोसेफ टिमका खर्चिला बलर बने । चार ओभर बल फ्याँक्दा उनले ३८ रन दिए । फोर्ड भने किफयाती देखिए । चार ओभर बलिङ गर्दा एक मेडनसहित उनले १० रन मात्रै दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : ५६ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य