ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य « Khabarhub

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतकमा नेपालले वेस्ट इन्डिजले १३४ रनको सामान्य लक्ष्य दिएको छ । 

मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो । 

ऐरीले ४७ बलमा ५८ रन जोड्न ३ चौका र ३ छक्का प्रहार गरे । ३ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमेपछि क्रिजमा आएका ऐरीले खेलको अन्तिमसम्म टिकेर इनिङ उकासे । नेपालबाट सर्वाधिक रन जोड्ने उनी नै हुन् ।

नेपालका सुरुवाती क्रममा ब्याटरहरु चल्न नसक्दा वेस्ट इन्डिजले सामान्य लक्ष्य पाएको हो । 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा आउट भए । भुर्तेलले १ र आसिफले ११ रन मात्रै जोडे । पहिलो विकेट गुमेपछि क्रिजमा आएका कप्तान रोहित पौडेल ५ रन जोडेर आउट भए । 

खेल ६ ओभरको तेस्रो बलमा पुग्दा नेपालले आरिफ शेखलाई गुमायो । आरिफले ८ बल खर्चेर २ रन जोडे  । यसबेला नेपाल ४ विकेटको क्षतिमा २३ रनको कमजोर अवस्थामा थियो । 

लोकस बम पनि आजको खेलमा चल्न सकेनन् । उनले १५ बल सामान गर्दा १३ रन जोडे । गुल्सनलले ११ रन मात्रै जोडे । 

सोमपालले भने इनिङ उकास्न ऐरीलाई साथ दिए । उनले अविजीत २६ रन जोडे । उनले ४ चौका प्रहार गरे ।  दीपेन्द्र र सोमपालको साझेदारीले नेपालको इनिङ केही हदसम्म उकासियो ।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर नेपालका ब्याटरका लागि घातक साबित भए । चार विकेट लिएका उनले आसिफ, आरिफ, ऐरी र करण केसीलाई आउट गराए ।

अकिल होसेनले भुर्तेलललाई आउट गराए । म्याथ्यू फोर्ड कप्तान पौडेल, शमर जोसेफले लोकेश बम र रोस्टन चेसले गुल्सन झाको विकेट लिए ।

वेस्ट इन्डिजका जोसेफ टिमका खर्चिला बलर बने । चार ओभर बल फ्याँक्दा उनले ३८ रन दिए । फोर्ड भने किफयाती देखिए । चार ओभर बलिङ गर्दा एक मेडनसहित उनले १० रन मात्रै दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : ५६ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल