जसपाका केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार नै कांग्रेसमा « Khabarhub

जसपाका केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार नै कांग्रेसमा


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहित नेताहरू नेपाली कांग्रेमा प्रवेश गरेका छन् ।

जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरसहित नेताहरू आइतबार कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशी नेताहरूलाई स्वागत गरे ।

थामी र थापा मगरसहित कांग्रेसमा प्रवेश गर्नेहरूमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फूलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्यहरू ज्ञानेन्द्र पुन, टीकाराम माझीसहित नवलपरासीका ४२ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

दोलखा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष गणेश थामी, तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति सदस्य केशव थामी, शम्भु थामी, संघीय समाजवादी महिला महासंघकी शुशीला थामीसहित दर्जनौँ नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

बदलिएको कांग्रेसबाट मात्रै मुलुकको समस्या समाधान हुने विश्वासका साथ नेताहरू कांग्रेसमा समाहित भएको नवप्रवेशी नानु थामीले बताइन् ।

जनताको मागअनुसार देशको अवस्था बदल्ने अभियानमा सँगसँगै हिँड्न कांग्रेस नै सबैभन्दा बलियो र विश्वासिलो भएकाले कांग्रेस रोजेको उनले बताएकी छन् ।

नवप्रवेशी नेताहरूलाई कांग्रेसले उचित जिम्मेवारीसहित स्वागत गरिएको पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।

शनिबार मात्रै सर्लाहीमा जसपाका महासचिव मनिष मिश्र र लोसपाका उपाध्यक्षसहित ठूलो टोली कांग्रेसमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ३ : ३७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको