नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने « Khabarhub

नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा देशभक्तहरूको जीवन्त सदन बनाउन आवाज उठाउने, जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गराउने कुरा पनि उल्लेख छ।

अर्कातिर दुर्गम क्षेत्रहरूमा रोपवे, केबुल कार, सुरुङमाग, रेगमार्ग, अवलम्बन गर्नुपर्ने, सरकारी कर्मचारहीलाई तलब खुलाउन ऋण लिने र ऋणको सावाँ व्याज तिर्न पनि ऋण लिने देशघाती कामको विरोध जारी राख्ने उल्लेख गरिएको छ ।

त्यस्तै भ्रष्टाचारीको सम्पति राष्ट्रियकरण गर्ने, ठूला भ्रष्टाचारीहरूलाई ज्यान सजायसमेत हुने कानुनी व्यवस्था बनाउन निरन्तर संघर्षरत रहने, निर्वाचित जनप्रतिनिधि आफ्नै क्षेत्रमा बसेर जनताको सेवा र देशको सन्तुलित विकास गर्न पाउने कानुनी व्यवस्था गराउने घोषणापत्रमा उल्लेख छ ।

कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ऐन, कानूनका बिषयमा छलफल गर्ने, देशलाई अघि बढाउने नीति लिने लगायत विषयमा पार्टीको जोड रहेको बताए।

सदनमा जनताको विषयलाई छलफल गर्ने थलो बनाउनुपर्ने र उम्मेदवारले समेत आफ्नो एजेण्डा राम्रोसँग जनतालाई बुझाउन सक्नुपर्ने उनले बताए ।

अध्यक्ष बिजुक्छेले ठूला दलहरूले अब हुने प्रधानमन्त्रीमा जोड दिएको भन्दै सदनले ठिक छ भनेको व्यक्तिलाई मात्रै प्रधानमन्त्री चयन गर्नुपर्नेमा जोड दिए ।

यसअघि प्रधानमन्त्री भइसकेका व्यक्ति र पार्टीले अहिलेसम्म देशका लागि गरेका कामबारे आगामी सदनमा स्पष्ट पार्न सक्नुपर्नेमा उनले जोड दिए । उनले जनताले राम्रोसंग घोषणापत्र हेरेर मात्रै मत दिन आह्वानसमेत गरे।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ४ : १८ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०