पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’ « Khabarhub

पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाहको करिअरकै सबैभन्दा हिट फिल्म ‘आबाट आमा’ बनेको छ ।

पल शीर्ष भूमिकामा रहेको यस फिल्मले सुरुवाती १६ दिनमा घरेलु बजारबाट ८ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्देशक चन्द्र पन्तले बताएका छन् ।

माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्म अहिले तेस्रो सातामा चलिरहेको छ। फिल्मको नायिकाहरु उषा उप्रेती र सिम्रन पन्त हुन् ।

दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्का जस्ता स्टार नायकहरुका फिल्मले दर्शक तान्न नसकिरहेको बेला पल स्टारर फिल्मले हलमा चाप बढाएको छ ।

कात्तिक १४ यता प्रदर्शनमा आएको ‘परान’पछि सबैभन्दा बढी व्यापार गर्ने फिल्म यही हो । यो अवधिमा दुई दर्जनभन्दा बढी फिल्म फ्लप भए ।

फिल्महरुको व्यापार एक करोड कट्न पनि कठिन परिरहेको अवस्थामा पलको स्टारडम हलमा दर्शकको चापले देखाएको छ ।

साथै, यो पलको करिअरकै सबैभन्दा हिट फिल्म हो । यसअघि उनको अभिनय रहेको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘पुजार सार्की’ थियो । जसको ग्रस कलेक्सन साढे सात करोड थियो । त्यस फिल्ममा पल सहायक भूमिकामा थिए । उक्त फिल्म जस उनलाई भन्दा पनि बढी प्रदीप खड्कालाई जान्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ६ : ४७ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि