यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम : ओली « Khabarhub

यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम : ओली


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन् । झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले यो निर्वाचन केवल प्रतिनिधि छान्ने कुरा मात्र नभइ धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरूबीचको निर्वाचन भएको उल्लेख गरे । आफू नेतृत्वको सरकारले धिमाल जातिको संग्रहालय, होमस्टे र सडकका लागि छुट्याएको करोडौँको बजेट वर्तमान सरकारले अनधिकृत रूपमा काटेको भन्दै उनले आक्रोश व्यक्त गरे । वर्तमान सत्ता गठबन्धनले विकासविरोधी काम गरेको आरोप लगाए ।

“यसपटक जलाउने र बनाउनेहरूबीचको चुनाव हो । देश बनाउने, बचाउने कि देश जलाउनेका बीचको चुनाव हो । हामीले जलाउने खालकालाई, बिगार्ने खालकालाई भोट दिनुहुन्न,” ओलीले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ०५ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष