पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट « Khabarhub

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले पहिलो ओभरमा नै विकेट गुमाएको छ । भारतका हार्दिक पाण्डेयाले पहिलो ओभरको चौथो बलमा साहिबजादा फरहानलाई शुन्य बलमा नै आउट गरेका हुन् ।

यसअघि श्रीलंकाको राजधानी कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनायो ।

उसका लागि ईशान किसानले सर्वाधिक ७७ रन बनाए । आउट हुनुअघि उनले ४० बलमा ७७ रनको विस्फोटक पारी खेले । यस क्रममा उनले १० चौका र तीन छक्का प्रहार गरे ।

यस्तै कप्तान सुर्यकुमार यादवले ३२, शिवम् दुवेले २७, तिलक बर्माले २५ रन बनाए । भारतका हार्दिक पाण्डया र अविषेक शर्मा शुन्य रनमा नै आउट भएका थिए ।

पाकिस्तानका लागि साइम अयुबले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले भारतका इसान किसन, तिलक बर्मा र हार्दिक पाण्ड्यालाई आउट गरे । यस्तै सलमान अली आगा, उस्मान तारिक र शाहिन अफ्रिदीले एक एक विकेट लिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : १३ बजे

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा