चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट « Khabarhub

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले चौथो विकेट गुमाएको छ । भारतका अक्षर पटेलले पाकिस्तानका बाबर आजमलाई क्लीन बोल्ड गरेका हुन् ।

यसअघि भारतका हार्दिक पाण्डेयाले पहिलो ओभरको चौथो बलमा साहिबजादा फरहानलाई शुन्य बलमा नै आउट गरेका थिए । त्यस्तै जसप्रित बुमराहले सईम अयुब, सलमान अली आगाको विकेट लिएका थिए ।

यसअघि श्रीलंकाको राजधानी कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो ।

उसका लागि ईशान किसानले सर्वाधिक ७७ रन बनाए । आउट हुनुअघि उनले ४० बलमा ७७ रनको विस्फोटक पारी खेले । यस क्रममा उनले १० चौका र तीन छक्का प्रहार गरे ।

यस्तै कप्तान सुर्यकुमार यादवले ३२, शिवम् दुवेले २७, तिलक बर्माले २५ रन बनाए । भारतका हार्दिक पाण्डया र अविषेक शर्मा शुन्य रनमा नै आउट भएका थिए ।

पाकिस्तानका लागि साइम अयुबले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले भारतका इसान किसन, तिलक बर्मा र हार्दिक पाण्ड्यालाई आउट गरे । यस्तै सलमान अली आगा, उस्मान तारिक र शाहिन अफ्रिदीले एक एक विकेट लिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ३८ बजे

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट