एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल « Khabarhub

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एल्चेमाथि शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलको सुरुवादेखि नै आक्रामक देखिएको रियलले एल्चेमाथि ४–१ गोल अन्तरको जित निकालेको हो ।

रियलको जितमा एन्टिनिओ रुडिगरले २९ औँ मिनेटमा पहिलो गोल गरे भने पहिलो हाफको अन्तिम मिनेटमा फेडेरिको भाल्भर्डेले दोस्रो गोल गरे ।

रियल पहिलो हाफमा २–० ले अगाडि थियो । थप तीन गोल दोस्रो हाफमा भएका हुन् ।

दोस्रो हाफको ६६ मिनेटमा रियलका डिनो ह्युसेनले तेस्रो गोल गरेका हुन् । तीन शून्यले पछाडि परेको एल्चेलाई रियलका म्यानुएल एन्जेलले खेलको ८५ औँ मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । यो गोल उपहारसँगै खेल ३–१ को अन्तरमा पुगेको थियो ।

खेलको ८९ औँ मिनेटमा युवा स्टार अर्दा गुलेरले रियलका लागि चौथो गोल गर्दै ४–१ को जित निश्चित गरेका हुन् । यो जितसँगै रियलले तालिकामा तीन अंक थपेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ६ : ०७ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक