दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर « Khabarhub

दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर

इरानी फुटबल टोलीका थप तीन सदस्यले शरण लिने निर्णय बदले


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला फुटबल टोलीका थप तीन सदस्यले आफ्नो मन बदलेका छन् र उनीहरू अब स्वदेश फर्कने भएका छन्।

इरानी डायस्पोराका मानवअधिकारवादीले यी तीन सदस्यको नाम जोहरा सुल्तान मेस्केहकार, मोना हमौदी र जोहरा सरबाली बताएका छन्।

गत मार्च २ मा दक्षिण कोरिया विरुद्धको एसिया कपको पहिलो खेलमा इरानी टोली राष्ट्रिय गान गाउँदा मौन बसेपछि उनीहरूको सुरक्षालाई लिएर चिन्ता बढेको थियो। इरानमा उनीहरूलाई “युद्धका गद्दार” को संज्ञा दिइएको थियो।

यस निर्णयको पुष्टि गर्दै अस्ट्रेलियाका गृह मन्त्री टोनी बर्कले आफ्नो सरकारले ती महिलाहरूलाई देशमा सुरक्षित भविष्यको अवसर दिनका लागि सबै प्रयास गरेको बताए। उनले एक विज्ञप्तिमा भने, “अस्ट्रेलियालीहरूले गर्व गर्नुपर्छ कि हाम्रो देशमा यी महिलाहरूले वास्तविक विकल्पहरू प्राप्त गरे र उनीहरूलाई सहयोग गर्न खोज्ने अधिकारीहरूसँग अन्तरक्रिया गरे।”

उनले थपे, “अस्ट्रेलिया सरकारले अवसरहरू प्रदान गर्ने र सञ्चार गर्ने कुरा सुनिश्चित गर्न सक्छ, तर खेलाडीहरूले जुन परिस्थितिमा यस्ता कठिन निर्णयहरू गरिरहेका छन्, त्यो परिवेशलाई हामी बदल्न सक्दैनौँ।”

इरानको खेलकुद मन्त्रालयले पनि यो समाचारको पुष्टि गरेको छ, जुन सुरुमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्धित ‘तस्निम न्युज एजेन्सी’ले रिपोर्ट गरेको थियो। मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “इरानी महिला राष्ट्रिय फुटबल टोलीको राष्ट्रिय भावना र देशभक्तिले यस टोलीविरुद्धको शत्रुको योजनालाई परास्त गरिदिएको छ।” साथै उसले अस्ट्रेलियाली सरकारलाई “ट्रम्पको मैदानमा खेलिरहेको” आरोप समेत लगाएको छ।

ती तीन सदस्यहरू टोलीका अन्य सदस्यसँग सामेल हुन मलेसियाको क्वालालम्पुर जाँदैछन् र अस्ट्रेलियामा आफ्नो शरणार्थी आवेदन फिर्ता लिएपछि “आफ्नो परिवार र मातृभूमिको न्यानो अंगालोमा फर्कदैछन्।” एजेन्सीले उनीहरूले “मनोवैज्ञानिक युद्ध, व्यापक प्रचारबाजी र लोभलाग्दो प्रस्तावहरू” लाई अस्वीकार गरेको दाबी गरेको छ।

सुरुमा अस्ट्रेलियामा बस्न चाहने सात जनामध्ये अब तीन जना मात्रै शरणार्थीका रूपमा बाँकी छन्। टोलीका एक खेलाडीले बुधबार नै इरान फर्कने निर्णय गरिसकेका थिए।

उनीहरू गत सोमबार गोल्ड कोस्टको होटलबाट सुरक्षाकर्मीलाई छलेर भागेका थिए र अस्ट्रेलियाली संघीय प्रहरीले उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको थियो।

टोलीको प्राविधिक कर्मचारीकी सदस्य जोहरा सुल्तान मेस्केहकार अर्को दिन शरण खोज्ने दुई महिलामध्ये एक थिइन्। अर्की सदस्य मोहद्देसे जोल्फीले भने बस्ने अधिकार पाएको केही घण्टामै आफ्नो विचार बदलेकी थिइन्। उनी यसअघि नै टोलीमा फर्किसकेकी बुझिएको छ।

खेलाडीहरूले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि उनीहरूका परिवारले इरानमा प्रतिशोधको सामना गर्नुपर्ने हुन सक्छ भन्ने चिन्ता अस्ट्रेलियामा व्यक्त गरिएको थियो। इरानी सञ्चारमाध्यमका एक अनुदारवादी टिप्पणीकारले उनीहरूलाई “युद्धकालका गद्दार” भन्दै कडा सजायको माग गरेका थिए।

प्रतियोगिताबाट बाहिरिनुअघिका अन्तिम दुई खेलमा भने टोलीले राष्ट्रिय गान गाएको थियो। आलोचकहरूका अनुसार टोलीसँगै रहेका सरकारी अधिकारीहरूले उनीहरूलाई गाउन दबाब दिएका थिए। बिबिसीबाट अनुदित

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ६ : ३८ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली