बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै « Khabarhub

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

फागुनको तुलनामा चैतमा मुद्दती निक्षेपको औसत ब्याजदरमा केही गिरावट आएको छ । फागुनमा व्यक्तिगततर्फ औसत ४.५६ प्रतिशत रहेको ब्याजदर चैतमा ४.४९ प्रतिशतमा झरेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका हुन्।

बाँकी १४ बैंकले फागुनकै दरलाई निरन्तरता दिएका छन् । चैत महिनामा एनएमबी, एनआईसी एसिया, हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी ५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

सबैभन्दा कम ब्याजदर दिनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । चार्टर्डले ४.११ प्रतिशत ब्याजदर दिनेछ ।

बैंकअनुसार व्यक्तिगत र संस्थागत ब्याजदरको विवरण फरकफरक राखेका छन् । एनएमबी बैंक, हिमालय, राष्ट्रिय वाणिज्य र एनआईसी एसियाले व्यक्तिगत दर ५ प्रतिशत राख्दा संस्थागत ४ प्रतिशत बनाएका छन् ।

नबिल बैंकले व्यक्तिगत ४.५५ राख्दा संस्थागत ३.५५ प्रतिशतथ कायम गरेको छ भने प्रभु बैंकले ४.५५ व्यक्तिगत राख्दा २.७५ प्रतिशत संस्थागत बनाएको छ ।

ग्लोबल आइएमई, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक । नेपाल बैंकले व्यक्तिगत ४.५ प्रतिशत राख्दा ३ संस्थागत दर कायम गरेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ४१ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न