ओली निवास पुगेर माधव नेपालले दिए समवेदना « Khabarhub

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि शोकमा रहेका ओलीलाई भेट्न नेपाल शनिबार गुन्डुस्थित ओली निवास पुगेका हुन् ।

भेटका क्रममा अध्यक्ष नेपालले दिवंगत ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। केही समयदेखि राजनीतिक रूपमा संवादहीनताको अवस्थामा रहेका दुई नेताबीचको शोकको समयमा भेट भएको हो ।

अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत आफू स्वयं उपस्थित भएर श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेको जानकारी दिएका हुन् । एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको केही दिनअघि उपचारका क्रममा निधन भएको थियो । शोकको यस घडीमा विभिन्न राजनीतिक दलका नेताहरू ओली निवास पुगेर समवेदना दिने क्रम जारी छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ३९ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न