ओली निवास पुगेर माधव नेपालले दिए समवेदना « Khabarhub

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि शोकमा रहेका ओलीलाई भेट्न नेपाल शनिबार गुन्डुस्थित ओली निवास पुगेका हुन् ।

भेटका क्रममा अध्यक्ष नेपालले दिवंगत ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। केही समयदेखि राजनीतिक रूपमा संवादहीनताको अवस्थामा रहेका दुई नेताबीचको शोकको समयमा भेट भएको हो ।

अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत आफू स्वयं उपस्थित भएर श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेको जानकारी दिएका हुन् । एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको केही दिनअघि उपचारका क्रममा निधन भएको थियो । शोकको यस घडीमा विभिन्न राजनीतिक दलका नेताहरू ओली निवास पुगेर समवेदना दिने क्रम जारी छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ३९ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ