रास्वपा बैठकमा बालेन्द्र सहभागी भएनन् « Khabarhub

रास्वपा बैठकमा बालेन्द्र सहभागी भएनन्


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको समानुपातिकको नाम छनोट गर्न बसेको बैठकमा सहभागी भएनन् ।

उनी औपचारिक बैठकमा भर्चुअल र भौतिक दुवै विधिबाट सहभागी नभएका हुन् । बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको एकतापछि अहिलेसम्म कुनै औपचारिक बैठकमा बालेन्द्र सहभागी भएका छैनन् । नयाँ सदस्यहरूका लागि विधान संशोधन गरेरमात्रै सहभागी गराउने पार्टीको तालिका छ । 

पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको दावेदार रहेका बालेन्द्रलाई अब बस्ने केन्द्रीय कमिटी बैठक र सचिवालयले विधान संशोधन गरेर संसदीय दलको नेता बनाउनेछ । त्यसपछि मात्रै हुने पार्टीको औपचारिक बैठकमा सहभागी हुने जानकारी पार्टी नेताहरूले गराए ।

‘वरिष्ठ नेताज्यू बैठकमा सहभागी हुनुहुन्न, उहाँले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिसक्नुभएको छ’, पार्टीका एक शीर्ष नेताले भने,’ सभापतिज्यूसँग समन्वय गरेरै भर्चुअल र भौतिक दुवै रुपमा सहभागी नहुने हामीलाई जानकारी छ । सभापतिज्यू स्वास्थ्यमा समस्या भएका कारण भर्चुअल्ली जोडिनु हुन्छ।’

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १२ : ३४ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न