रास्वपा बैठकमा बालेन्द्र सहभागी भएनन् « Khabarhub

रास्वपा बैठकमा बालेन्द्र सहभागी भएनन्


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको समानुपातिकको नाम छनोट गर्न बसेको बैठकमा सहभागी भएनन् ।

उनी औपचारिक बैठकमा भर्चुअल र भौतिक दुवै विधिबाट सहभागी नभएका हुन् । बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको एकतापछि अहिलेसम्म कुनै औपचारिक बैठकमा बालेन्द्र सहभागी भएका छैनन् । नयाँ सदस्यहरूका लागि विधान संशोधन गरेरमात्रै सहभागी गराउने पार्टीको तालिका छ । 

पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको दावेदार रहेका बालेन्द्रलाई अब बस्ने केन्द्रीय कमिटी बैठक र सचिवालयले विधान संशोधन गरेर संसदीय दलको नेता बनाउनेछ । त्यसपछि मात्रै हुने पार्टीको औपचारिक बैठकमा सहभागी हुने जानकारी पार्टी नेताहरूले गराए ।

‘वरिष्ठ नेताज्यू बैठकमा सहभागी हुनुहुन्न, उहाँले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिसक्नुभएको छ’, पार्टीका एक शीर्ष नेताले भने,’ सभापतिज्यूसँग समन्वय गरेरै भर्चुअल र भौतिक दुवै रुपमा सहभागी नहुने हामीलाई जानकारी छ । सभापतिज्यू स्वास्थ्यमा समस्या भएका कारण भर्चुअल्ली जोडिनु हुन्छ।’

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १२ : ३४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली