पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै « Khabarhub

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको गुन्डु पुगेकी छन् ।

उनी केही बेरअघि ओलीलाई भेट्न गुन्डु छिरेकी हुन् । उनको साथमा केही सहयोग पनि त्यहाँ पुगेका छन् ।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरको कोरियन अस्पतालमा निधन भएको थियो ।

अहिले ओली गुन्डुमै पिताको काजकिरिया गरिरहेका छन् । उनी शनिबार एमालेको सचिवालय बैठकमा पनि सहभागी भए ।

तर उक्त बैठकको अध्यक्ष उपाध्यक्ष रामबहादुर थापा बादलले गरेका थिए। बैठकले एमालेबाट १६ जना समानुपातिक सांसद चयन गरिएको छ।

आइतबार दिउँसो १ बजे प्रधानमन्त्री सुशीला कार्की पनि ओलीलाई भेट्न गुन्डु जाँदैछिन् । उनी जाने भएपछि अहिले गुन्डुमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १२ : ४७ बजे

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन