अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी « Khabarhub

अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

मस्को- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन उपलब्ध गराएको दाबी गरेका छन्।

सीएनएनसँगको अन्तर्वार्तामा उनले मूल रूपमा इरानले डिजाइन गरेको ‘शाहेद’ ड्रोन रूसले ठूलो मात्रामा उत्पादन गरी उपलब्ध गराइरहेको बताएका हुन्।

उनका अनुसार ती ड्रोनहरू मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामाथि आक्रमण गर्न प्रयोग गरिएको छ।

उनले युक्रेनसँग ती ड्रोनको सामना गर्ने अनुभव रहेको पनि बताएका छन् । रूसले लामो समयदेखि युक्रेनमाथि पनि यिनै ड्रोन प्रयोग गर्दै आएको छ।

विशेषज्ञहरूका अनुसार ‘शाहेद’ ड्रोन कम लागतका हुन्छन् । यिनलाई ठूलो संख्यामा प्रयोग गर्दा हवाई सुरक्षा प्रणालीका लागि चुनौती बन्न सक्छन्।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १ : २२ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका