सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी « Khabarhub

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८० प्रतिशत आम्दानी गरेको छ । अर्थ मन्त्रलालका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सरकारले ३.०४ प्रतिशत आम्दानी वृद्धि गरेको हो ।

मन्त्रालयकाअनुसार समीक्षा अवधिमा सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ५६ लाख ५० हजार रुपैयाँ राजस्व आम्दानी गरेको हो । गत आवको सोही अवधिमा सरकारले ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

तथ्यांकअनुसार समीक्षा अवधिमा सरकारले १ खर्ब ५५ अर्ब ९० करोड १४ लाख रुपैयाँ भन्सार राजस्व, २ खर्ब २५ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ र १ खर्ब २० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ अन्तःशुल्क आम्दानी गरेको छ । 

त्यस्तै, सो अवधिमा ३ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ शिक्षा सेवा शुल्क र अन्य शीर्षकमा आम्दानी गरेको छ भने सो अवधिमा १ खर्ब ७० अर्ब ८० करोड ४१ लाख रुपैयाँ आयकरमार्फत आय गरेको तथ्यांकले देखाएको छ । साथै, सो अवधिमा सरकारले ७० अर्ब ६९ करोड ४८ लाख रुपैयाँ गैर कर र ४ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ विविध अन्य शीर्षकमा आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्मको लक्ष्यको तुलनामा भन्सार विभागले ५४.३९, आन्तरिक राजस्व विभागले ४८.३७ र गैर कर ४५.७८ प्रतिशत आम्दानी भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको