एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले « Khabarhub

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीले भक्तपुरको गुन्डु पुगेर भेटेका छन् ।

आइतबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी गुण्डु पुगिन् । त्यसपछि प्रधानमन्त्री कार्की पुगिन् । भण्डारीको साथमा केही सहयोग पनि त्यहाँ पुगेका थिए।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरको कोरियन अस्पतालमा निधन भएको थियो ।

अहिले ओली गुन्डुमै पिताको काजकिरिया गरिरहेका छन् । उनी शनिबार एमालेको सचिवालय बैठकमा पनि सहभागी भए ।

तर उक्त बैठकको अध्यक्ष उपाध्यक्ष रामबहादुर थापा बादलले गरेका थिए। बैठकले एमालेबाट १६ जना समानुपातिक सांसद चयन गरिएको छ।

आइतबार दिउँसो १ बजे प्रधानमन्त्री सुशीला कार्की पनि ओलीलाई भेट्न गुन्डु पुगिन् । उनी जाने भएपछि अहिले गुन्डुमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

त्यहाँ पुगेर कार्कीले ओलीसँग संवाद पनि गरेकी छन् । त्यस्तै उनले किरियामा बसेका अन्य दाजुभाइ र परिवारका सदस्यलाई पनि भेटेकी छन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १ : ५२ बजे

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौं– रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

कांग्रेसबाट १५ महिला र ५ पुरुष समानुपातिक सांसद बन्दै, आयोगमा पठाइयो नाम

काठमाडौं– नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं– देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन्

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि