मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ? « Khabarhub

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै केही समय लाग्ने जनाएको छ।

आइतबार बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता मनिष झाले यसबारे जानकारी दिएका हुन् । उनले केही नेता बिरामी भएकाले दलको नेता चयन प्रक्रिया अड्किएको दाबी गरे ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा झालाई पत्रकारले सोधे, ‘दलको नेता कहिलेसम्म छान्नु हुन्छ ?’, जवाफमा उनले दलको नेता चयन हुन समय लाग्ने जानकारी दिए ।

उनले अहिले दलको नेताबारे छलफल पनि नभइसकाले मन्त्रीहरूको विषयमा पनि औपचारिक छलफल नभइसकेको जानकारी उनले दिएका छन् ।

झाले संसदीय दलको नेता चयनबारे रास्वपाले यसअघि गरेका प्रतिबद्धता नबिर्सिएको बताए । त्यसबाट तलमाथि हुने आशंका नगर्न पनि उनले आग्रहसमेत गरेका छन् ।

‘हाम्रो पार्टीका केही नेता बिरामी भएकोले दलको नेता बनाउन समय लाग्छ तर हामीले हाम्रो प्रतिबद्धता बिर्सिएका छैनौँ’, उनी भन्छन्, ‘त्यसको प्रक्रिया केन्द्रीय कमिटी बैठकबाट अघि बढ्छ । अझै दलको नेता बनाउने प्रक्रिया अघि बढाउन केही नेताको प्रतिक्षा गरिरहेका छौँ । स्वास्थ्य अवस्थाका कारण केही नेता कुरेका छौँ । त्यसमा हामी जिम्मेवार छौँ ।’

बैठकले निर्वाचनमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने उम्मेदवारदेखि अभियान्तासम्म र सबै सरोकारवाला निकायलाई धन्यवाद दिने गरेको प्रवक्ता झाले बताए।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  २ : ०३ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको