मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ? « Khabarhub

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै केही समय लाग्ने जनाएको छ।

आइतबार बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता मनिष झाले यसबारे जानकारी दिएका हुन् । उनले केही नेता बिरामी भएकाले दलको नेता चयन प्रक्रिया अड्किएको दाबी गरे ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा झालाई पत्रकारले सोधे, ‘दलको नेता कहिलेसम्म छान्नु हुन्छ ?’, जवाफमा उनले दलको नेता चयन हुन समय लाग्ने जानकारी दिए ।

उनले अहिले दलको नेताबारे छलफल पनि नभइसकाले मन्त्रीहरूको विषयमा पनि औपचारिक छलफल नभइसकेको जानकारी उनले दिएका छन् ।

झाले संसदीय दलको नेता चयनबारे रास्वपाले यसअघि गरेका प्रतिबद्धता नबिर्सिएको बताए । त्यसबाट तलमाथि हुने आशंका नगर्न पनि उनले आग्रहसमेत गरेका छन् ।

‘हाम्रो पार्टीका केही नेता बिरामी भएकोले दलको नेता बनाउन समय लाग्छ तर हामीले हाम्रो प्रतिबद्धता बिर्सिएका छैनौँ’, उनी भन्छन्, ‘त्यसको प्रक्रिया केन्द्रीय कमिटी बैठकबाट अघि बढ्छ । अझै दलको नेता बनाउने प्रक्रिया अघि बढाउन केही नेताको प्रतिक्षा गरिरहेका छौँ । स्वास्थ्य अवस्थाका कारण केही नेता कुरेका छौँ । त्यसमा हामी जिम्मेवार छौँ ।’

बैठकले निर्वाचनमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने उम्मेदवारदेखि अभियान्तासम्म र सबै सरोकारवाला निकायलाई धन्यवाद दिने गरेको प्रवक्ता झाले बताए।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  २ : ०३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली