इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी « Khabarhub

इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिम एशियामा द्वन्द्व बढ्दै जाँदा इरानले आइतबार इजरायलका विभिन्न सैन्य तथा रणनीतिक केन्द्रमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

इरानी सञ्चार माध्यमले जनाए अनुसार इजरायली प्रहरीको लाहाभ-४३३ नामक प्रहरी सेवाको मुख्यालय र गिलात रक्षा भूउपग्रह सञ्चार केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको हो ।

इरानी सञ्चार माध्यमहरूले यस कारबाहीलाई ‘अत्यन्तै शक्तिशाली ड्रोन आक्रमण’ को संज्ञा दिएका छन् ।

यद्यपि इरानले आक्रमणमा लक्षित गरिएका स्थानको विवरण भने खुलाएको छैन । आक्रमणबाट के कति क्षति भयो भन्ने बारेमा पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ३ : ५५ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न