इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प « Khabarhub

इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित युद्धविराम सम्झौताका सर्तहरू अझै पर्याप्त नभएको बताएका छन् । शनिबार एक अन्तर्वार्तामा उनले इरानले सम्झौता गर्न चाहेको भए पनि हाल प्रस्तुत गरिएका सर्तहरू आफूलाई स्वीकार्य नभएको बताए ।

उनका अनुसार सम्भावित सम्झौता ‘बलियो र स्पष्ट’ हुनुपर्नेछ । ट्रम्पले युद्धविरामका लागि इरानले आणविक कार्यक्रमसम्बन्धी महत्वाकांक्षा पूर्ण रूपमा त्याग्ने प्रतिबद्धता जनाउनुपर्ने कुरा पनि सर्तका रूपमा हुन सक्ने सङ्केत दिए । तर उनले आफ्ना सबै सर्तहरू के–के हुन् भन्ने खुलाएका छैनन् । यो टिप्पणी संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेको करिब दुई हप्तापछि आएको हो ।

ती आक्रमणका कारण विश्वव्यापी जहाज आवागमनमा अवरोध, तेलको मूल्य वृद्धि तथा विश्व अर्थतन्त्रमा असर परेको बताइएको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गर्दा विश्व ऊर्जा बजार र आर्थिक क्षेत्रमा प्रभाव अझ बढ्दै गएको बताइएको छ । ट्रम्पले युद्धबाट प्रभावित देशहरूलाई हर्मुज जलडमरू सुरक्षित र खुला राख्न सहयोग गर्न आग्रह गरे ।

उनका अनुसार केही देशहरूले उक्त मार्ग सुरक्षित राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्, तर उनले ती देशहरूको नाम भने खुलाएका छैनन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत पनि जलडमरू हुँदै तेल प्राप्त गर्ने देशहरूलाई उक्त मार्गको सुरक्षामा ध्यान दिन आग्रह गरे । साथै, उनले धेरै देशहरूले जलडमरू खुला राख्न युद्धपोत पठाउने सम्भावना रहेको सङ्केत दिएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : ५१ बजे

बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो, कृषक चिन्तित

कास्की – धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई आज साँझ

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले