गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस « Khabarhub

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गर्ने निर्णय लिएको हो ।

अर्याललाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ ३० गते गृहमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

अर्याल काठमाडौं महानगरपालिमा बालेन्द्र साह मेयर हुँदा कानुनी सल्लाहकार पनि थिए । कानुन व्यवसायी उनी वर्तमान अन्तरिम सरकार बनाउने काममा पनि लागेका थिए ।

यसअघि वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रियसभामा लाने चर्चा थियो । तर प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन खेलेको भूमिकाका आधारमा ओमप्रकाशलाई माथिल्लो सदनमा पठाउने निर्णय गरेकी हुन् ।

यो मन्त्रिपरिषद्मा प्रधानमन्त्रीका भित्रिया विश्वासपात्र उनी नै थिए । बालेन र उनीनिकटहरूले एक समय हटाउने अभियान चलाउँदा पनि प्रधानमन्त्रीले ओमप्रकाशको बचाउ गरेकी थिइन् ।

गत भदौ ३० गते अर्याल गृहमा, ऊर्जामा कुलमान घिसिङ र अर्थमा रामेश्वर खनाल नियुक्त भएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ५ : १३ बजे

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका

मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द