दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो « Khabarhub

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ ।  शव परीक्षण कार्य सकेर आज ती शव दूतावासका प्रतिनिधिलाई बुझाइएको हो । 

प्रदेश अस्पताल गोरखामा शव परीक्षण गरेपछि दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । शव बुझेपछि भारतीय दूतावासको टोली काठमाडौँ फर्किएको छ ।

भारतको तमिलनाडू राज्यको चेन्नईबाट मनकामना दर्शन गर्न आएका भारतीय दर्शनार्थी शनिबार बेलुका पूजाआजा सकेर फर्कने क्रममा सहिद लखन गाउँपालिका–३ कानटार नजिकै दुर्घटनामा परेका थिए । 

बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस भिरबाट खस्दा ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजायल, ५८ वर्षीया मीना र ६० वर्षीया तमिलारशीको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा नौ भारतीय नागरिक घाइते भएका थिए । घाइतेहरु  पुरानो मेडिकल कलेज चितवनमा उपचाररत छन् । पाँच जना गम्भीर घाइते रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । 

उक्त माइक्रोबसमा ११ महिला र पाँच पुरुष सवार थिए । चालकको अवस्था सामान्य छ भने सहचालक घाइते भएका छन् । चौबीस भारतीय दर्शथार्नी दुई माइक्रोबस चढेर मुक्तिनाथको दर्शन गर्न गएका थिए । उनीहरू मुक्तिनाथ हुँदै मनकामनाको दर्शन गरी फर्किने क्रममा दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ७ : २३ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन