अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद « Khabarhub

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता आगामी दुई दिनभित्रै हुनसक्ने संकेत गरेका छन् । पछिल्लो समय अमेरिका र इरानबीच बढ्दो कूटनीतिक तिक्ततालाई कम गर्न नयाँ पहल हुन लागेको हो ।

अ जजिराका अनुसार पाकिस्तानको विदेश मन्त्रालय सम्बद्ध स्रोतले यो महत्वपूर्ण वार्ताको आतिथ्यताका लागि पाकिस्तानले प्रस्ताव गरेको जनाएको छ । इस्लामाबादले दुई देशबीचको संवादलाई सहज बनाउन आफ्नो भूमि उपलब्ध गराउन तयार रहेको जनाएको हो ।

यसअघि गत साता भएको छलफलमा भने कुनै ठोस प्रगति हुन सकेको थिएन । तेहरानका अनुसार अमेरिकी प्रतिनिधिमण्डलको ‘अत्यधिक माग’ र ‘राजनैतिक इच्छाशक्तिको अभाव’ का कारण गत साताको वार्ता निष्कर्षमा पुग्न सकेन ।

यता वासिङ्टनले भने इरान अझै पनि सम्झौता गर्न इच्छुक रहेको दाबी गरेको छ । इरानमाथि लगाइएका प्रतिबन्ध र आणविक कार्यक्रमका विषयलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद जारी छ । यदि पाकिस्तानमा वार्ता सफल भएमा यसलाई मध्यपूर्वको सुरक्षा र वैश्विक राजनीतिमा एउटा ठूलो उपलब्धिका रूपमा हेरिनेछ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ४२ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका