इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट « Khabarhub

इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायल र लेबनानबीच तीन दशकयताकै पहिलो पटक उच्चस्तरीय प्रत्यक्ष वार्ता सुरु भएको छ । अमेरिकी मध्यस्थतामा वासिङ्टन डिसीमा सुरु भएको यस वार्तालाई सन् १९९३ पछिको महत्वपूर्ण कूटनीतिक प्रयास मानिएको छ ।

वार्तामा लेबनानका तर्फबाट युद्धविरामको प्रस्ताव मुख्य एजेन्डाका रूपमा राखिएको छ भने इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लाहको निशस्त्रीकरणलाई आफ्नो प्रमुख शर्त बनाएको छ । अमेरिकाले यस बैठकलाई ‘खुला र उच्चस्तरीय’ संवादको संज्ञा दिए पनि ठोस नतिजा निस्कनेमा भने आशङ्का व्यक्त गरिएको छ ।

इरान समर्थित समूह हिजबुल्लाहले यस वार्तालाई ‘व्यर्थ’ भन्दै लेबनानी सरकारलाई तत्काल फिर्ता हुन दबाब दिएको छ । हिजबुल्लाह नेता कासिम नइमले यो वार्ता आफ्नो समूहलाई हतियार त्याग्न लगाउने रणनीतिक चाल मात्र भएको आरोप लगाएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि हिजबुल्लाहले इजरायलमाथि श्रृङ्खलाबद्ध आक्रमण गर्दै आएको छ ।

इजरायली आक्रमणका कारण लेबनानमा मानवीय सङ्कट चुलिएको छ । पछिल्लो तथ्याङ्क अनुसार इजरायली सैन्य कारबाहीमा २ हजार ८० भन्दा बढी लेबनानी नागरिकको मृत्यु भइसकेको छ । इजरायलले इरानसँगको अन्य सम्झौताका आधारमा मात्रै लेबनानमा युद्धविराम नगर्ने स्पष्ट पारेको छ, जसले गर्दा तत्काल शान्ति बहाली हुनेमा अन्योल देखिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ८ : ४० बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि