समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने  « Khabarhub

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने 


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पुनःसचेत गराउने तयारी गरेको छ । 

उनले पहिलोपटक पार्टीको लेटरप्याड प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउबारे विज्ञप्ति जारी गरेका थिए । 

त्यसपछि खड्कालाई १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी नगर्न सचेत गराएको थियो । 

तर गत सोमबार पुनः उनले कार्यवाहक सभापतिको हैसियतमा क्रियाशील सदस्याता अद्यावधिक गर्ने निर्णयविरुद्ध विज्ञप्ति जारी गरे । 

विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो । 

बुधबार बस्ने बैठकले खड्कालार्य स्पष्टीकरण सोध्ने वा अन्य तरिकाले सचेत गराउने निर्क्योल गरिने एक नेताले भने । 

‘अहिले यहीँ नै गर्ने भन्ने निर्क्यौल भएको छैन । बैठकमा छलफलपश्चात मात्रै थाहा हुन्छ । तर केही न केही निणर्य हुन्छ,’ उनले बताए । 

खड्काले गत चैत १७ देखि १९ गतेसम्म कार्यवाहक सभापतिको हैसियतमा नवनिर्वाचित सांसदलाई बधाई दिँदै १४औं महाधिवेशनबाट निर्वाचित आफूनिकट केन्द्रीय कार्यसमिति सदस्यसँग छलफलसमेत गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : ५७ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो