ट्रम्पले एकसाथ इटालीकी प्रधानमन्त्री र पोप लियोमाथि साँधे निशाना « Khabarhub

ट्रम्पले एकसाथ इटालीकी प्रधानमन्त्री र पोप लियोमाथि साँधे निशाना


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकसाथ पोप लियो र इटालियन प्रधानमन्त्रीमाथि निशाना साधेका छन्।

उनले इरानमा पछिल्ला दुई महिनामा ४२ हजारभन्दा बढी निर्दोष र निहत्था प्रदर्शनकारीको हत्या भएको दाबी गरेका छन्।

ट्रम्पले यो प्रतिक्रिया त्यतिबेला दिएका हुन्, जब पोप लियोले इरानको विषयमा वार्ता र शान्तिको अपिल गरेका थिए।

ट्रम्पले भने, ‘अमेरिकाका लागि इरानले परमाणु बम बनाउनु कुनै पनि हालतमा स्वीकार्य छैन ।’

उनले सामाजिक सञ्जालमार्फत लेख्दै ‘कसैले पोपलाई इरानमा यति धेरै मानिस मारिएको कुरा बताओस्’ भन्दै टिप्पणी गरेका छन्। यसअघि पनि ट्रम्पले पोपको आलोचना गर्दै आएका छन्।

यता पोप लियोले भने आफू राजनीति वा विवादमा पर्न नचाहेको स्पष्ट पारेका छन्। उनले आफ्नो उद्देश्य केवल शान्तिको सन्देश दिनु भएको र विश्वमा युद्ध अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

यसैबीच, ट्रम्पले इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीमाथि पनि कडा टिप्पणी गरेका छन्। मेलोनीले इरानमाथिको सम्भावित आक्रमणमा अमेरिकाको साथ नदिएको भन्दै उनले ‘हिम्मत नदेखाएको’ आरोप लगाएका छन्।

इटालियन पत्रिकालाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘म छक्क परेँ। मैले सोचेको थिएँ उनीसँग हिम्मत छ, तर म गलत रहेछु।’

यो टिप्पणी त्यतिबेला आएको हो, जब मेलोनी नेतृत्वको सरकारले इजरायलसँगको रक्षा सहकार्य सम्झौताको स्वतः नवीकरण रोक्ने निर्णय गरेको छ।

यसअघि मेलोनीले ट्रम्पद्वारा पोप लियोमाथि गरिएको टिप्पणीलाई ‘अस्वीकार्य’ बताएकी थिइन्। त्यसको जवाफमा ट्रम्पले मेलोनीलाई नै ‘अस्वीकार्य’ भन्दै आलोचना गरेका छन्।

उनले मेलोनीलाई इरानले परमाणु हतियार प्राप्त गर्न सक्ने खतराबारे चिन्ता नभएको बताएका छन्, जसले इटालीलाई केही मिनेटमै विनाश गर्न सक्ने पनि जिकिर ट्रम्पको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : २० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु