ट्रम्पले एकसाथ इटालीकी प्रधानमन्त्री र पोप लियोमाथि साँधे निशाना « Khabarhub

ट्रम्पले एकसाथ इटालीकी प्रधानमन्त्री र पोप लियोमाथि साँधे निशाना


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकसाथ पोप लियो र इटालियन प्रधानमन्त्रीमाथि निशाना साधेका छन्।

उनले इरानमा पछिल्ला दुई महिनामा ४२ हजारभन्दा बढी निर्दोष र निहत्था प्रदर्शनकारीको हत्या भएको दाबी गरेका छन्।

ट्रम्पले यो प्रतिक्रिया त्यतिबेला दिएका हुन्, जब पोप लियोले इरानको विषयमा वार्ता र शान्तिको अपिल गरेका थिए।

ट्रम्पले भने, ‘अमेरिकाका लागि इरानले परमाणु बम बनाउनु कुनै पनि हालतमा स्वीकार्य छैन ।’

उनले सामाजिक सञ्जालमार्फत लेख्दै ‘कसैले पोपलाई इरानमा यति धेरै मानिस मारिएको कुरा बताओस्’ भन्दै टिप्पणी गरेका छन्। यसअघि पनि ट्रम्पले पोपको आलोचना गर्दै आएका छन्।

यता पोप लियोले भने आफू राजनीति वा विवादमा पर्न नचाहेको स्पष्ट पारेका छन्। उनले आफ्नो उद्देश्य केवल शान्तिको सन्देश दिनु भएको र विश्वमा युद्ध अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

यसैबीच, ट्रम्पले इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीमाथि पनि कडा टिप्पणी गरेका छन्। मेलोनीले इरानमाथिको सम्भावित आक्रमणमा अमेरिकाको साथ नदिएको भन्दै उनले ‘हिम्मत नदेखाएको’ आरोप लगाएका छन्।

इटालियन पत्रिकालाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘म छक्क परेँ। मैले सोचेको थिएँ उनीसँग हिम्मत छ, तर म गलत रहेछु।’

यो टिप्पणी त्यतिबेला आएको हो, जब मेलोनी नेतृत्वको सरकारले इजरायलसँगको रक्षा सहकार्य सम्झौताको स्वतः नवीकरण रोक्ने निर्णय गरेको छ।

यसअघि मेलोनीले ट्रम्पद्वारा पोप लियोमाथि गरिएको टिप्पणीलाई ‘अस्वीकार्य’ बताएकी थिइन्। त्यसको जवाफमा ट्रम्पले मेलोनीलाई नै ‘अस्वीकार्य’ भन्दै आलोचना गरेका छन्।

उनले मेलोनीलाई इरानले परमाणु हतियार प्राप्त गर्न सक्ने खतराबारे चिन्ता नभएको बताएका छन्, जसले इटालीलाई केही मिनेटमै विनाश गर्न सक्ने पनि जिकिर ट्रम्पको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : २० बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)