सशस्त्र प्रहरीकी सहायक निरीक्षक निम दिकी शेर्पाबाट लोबुचे हिमालको सफल आरोहण « Khabarhub

सशस्त्र प्रहरीकी सहायक निरीक्षक निम दिकी शेर्पाबाट लोबुचे हिमालको सफल आरोहण


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले लोबुचे हिमालको सफल आरोहण गरेकी छिन् ।

उनले नयाँ वर्ष २०८३ सालको पहिलो दिन मंगलबार बिहान ८ बजेर ५७ मिनेटमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको सफलतापूवृक आरोहण गरेकी हुन् ।

हिमाल आरोहण गर्ने शेर्पा सशस्त्र प्रहरी बल नेपालको पहिलो महिला कर्मचारी हुन् । विश्वको सर्वोच्व शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी शेर्पाले यही सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्ने छिन् ।

यस अघि उनलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झण्डा प्रदान गरेर बिदाइ गरिएको थियो ।

सशस्त्र प्रहरी बलबाट यसअघि सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरिक्षक दन्त बहादुर छन्त्यालले सगरमाथा शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : २४ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित