सशस्त्र प्रहरीकी सहायक निरीक्षक निम दिकी शेर्पाबाट लोबुचे हिमालको सफल आरोहण « Khabarhub

सशस्त्र प्रहरीकी सहायक निरीक्षक निम दिकी शेर्पाबाट लोबुचे हिमालको सफल आरोहण


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले लोबुचे हिमालको सफल आरोहण गरेकी छिन् ।

उनले नयाँ वर्ष २०८३ सालको पहिलो दिन मंगलबार बिहान ८ बजेर ५७ मिनेटमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको सफलतापूवृक आरोहण गरेकी हुन् ।

हिमाल आरोहण गर्ने शेर्पा सशस्त्र प्रहरी बल नेपालको पहिलो महिला कर्मचारी हुन् । विश्वको सर्वोच्व शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी शेर्पाले यही सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्ने छिन् ।

यस अघि उनलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झण्डा प्रदान गरेर बिदाइ गरिएको थियो ।

सशस्त्र प्रहरी बलबाट यसअघि सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरिक्षक दन्त बहादुर छन्त्यालले सगरमाथा शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : २४ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले