दुई दिन बिदा कार्यान्वयन गर्न स्वास्थ्यका १४ संगठनको माग, सेवा प्रभावित नहुने दाबी  « Khabarhub

दुई दिन बिदा कार्यान्वयन गर्न स्वास्थ्यका १४ संगठनको माग, सेवा प्रभावित नहुने दाबी 


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्धन खपत घटाउने उद्देश्यले सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य क्षेत्रका पेशागत संघ-संगठनहरूले त्यसप्रति आपत्ति जनाएका छन् । 

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यस्तो निर्णय व्यवहारिक नभएको बताएका छन् । 

गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

उक्त निर्णयको स्वागत गर्दै पनि स्वास्थ्य क्षेत्रमा कार्यरत संयुक्त पेशागत संगठनहरूले यसको कार्यान्वयनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

लामो समयदेखि जनशक्तिको अभावका कारण स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको आवश्यकता अनुसार संगठन संरचना विकास हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस्तो अवस्थामा थप बिदाले सेवा प्रवाहमा दबाब बढ्ने, स्वास्थ्यकर्मीमाथि कार्यबोझ र मानसिक तनाव अझै बढ्ने उनीहरूको भनाइ छ।

संयुक्त संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयको भावना विपरीत व्याख्या गर्दै गरेको निर्णय कानुनी रूपमा कार्यान्वयनयोग्य नभएको दाबी गरेको छ । 

साथै, बिरामीको हितलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

संयोजक डा. अनिल विक्रम कार्की र सदस्य सचिव माइकल देवकोटा लगायत १५ जनाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । साथै, विभिन्न स्वास्थ्यसम्बन्धी संघ–संस्थाका प्रतिनिधिहरूले पनि समर्थन जनाएका छन् । 

उनीहरूले सरकारलाई स्वास्थ्य क्षेत्रको वास्तविक अवस्थालाई ध्यानमा राख्दै निर्णय पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १ : ५४ बजे

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित