नौ महिनामा आयो ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता, कृषि क्षेत्रमा सबैभन्दा बढी आकर्षण « Khabarhub

नौ महिनामा आयो ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता, कृषि क्षेत्रमा सबैभन्दा बढी आकर्षण


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म) मा नेपालमा कुल ४१ अर्ब ७९ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार यस अवधिमा कुल ६१५ वटा आयोजनाका लागि उक्त लगानीको प्रस्ताव आएको हो ।

चैत महिनामा मात्रै १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । यस महिनामा कुल ६१ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ, जसमा ४९ वटा स्वचालित मार्ग र १२ वटा विभागको स्वीकृति प्रक्रियाबाट आएका हुन् । विभागका अनुसार चैत महिनामा स्वीकृत भएका उद्योगहरूले ६४० जनाका लागि रोजगारी प्रस्ताव गरेका छन् ।

कृषि र सूचना प्रविधि क्षेत्रमा आकर्षण

यस आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक हेर्दा कृषि तथा वनजन्य क्षेत्रमा लगानीको रकमका आधारमा सबैभन्दा ठूलो हिस्सा देखिएको छ । यस क्षेत्रमा कुल २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ (५३ प्रतिशत) वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

संख्याका आधारमा भने सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा धेरै आकर्षण देखिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रमा ३४६ वटा आयोजना (५६ प्रतिशत) प्रस्तावित भएका छन् । यसैगरी पर्यटन क्षेत्रमा १६४ वटा आयोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

नेपालमा आउने वैदेशिक लगानीमा साना उद्योगहरूको हिस्सा निकै उच्च रहेको देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा स्वीकृत ६१५ आयोजनामध्ये ५९९ वटा साना उद्योग रहेका छन् भने मध्यम र ठूला उद्योगको संख्या क्रमशः ८/८ वटा मात्रै छ । चैत महिनामा स्वीकृत भएका सबै ६१ वटा उद्योग साना स्तरका हुन् ।

रोजगारी र लाभांश फिर्ता

समीक्षा अवधिमा प्रस्तावित उद्योगहरूले कुल २२ हजार ३१६ जनाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छन् । लगानीसँगै यस आर्थिक वर्षको नौ महिनामा वैदेशिक लगानीकर्तालाई १६ अर्ब ८१ करोड ७९ लाख रुपैयाँ लाभांश र ४ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ रोयल्टीबापत फिर्ता लैजान अनुमति दिइएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, विभागले चैत महिनामा मात्रै १३७ जना लगानीकर्ता, ३४ जना प्रतिनिधि र १४० जना आश्रितहरूका लागि व्यावसायिक भिसा सिफारिस गरेको छ । यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष भिसा सिफारिस पाउने लगानीकर्ताको संख्यामा भने केही गिरावट आएको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  २ : ४६ बजे

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख