प्रदीपको हातमा पुगेको कथा तर यमको निर्देशनमा बन्यो ‘लालीबजार’ « Khabarhub

प्रदीपको हातमा पुगेको कथा तर यमको निर्देशनमा बन्यो ‘लालीबजार’


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले टिकटकमा भाइरल र दर्शकको मुखमा झुण्डिएको गीत ‘मायालाई के दिऊँ म बैना’ समावेश फिल्म ‘लालीबजार’का निर्देशक हुन्– यम थापा ।

दुई फिल्म निर्देशन र दर्जन फिल्मका पटकथा लेखिसकेका यमले ‘लालीबजार’मा जोडिनु अचम्मको विषय होइन । फिल्म ‘परान’मा दर्शकले अत्याधिक मन पराएका अधिकांश उनैले लेखेका हुन् ।

षट्कोण आर्ट्स् ब्यानरको फिल्ममा निर्देशक बन्नु चाहिँ सामान्यभन्दा फरक विषय हो ।

षट्कोण आर्टस्का फिल्मको निर्देशक प्रदीप भट्टराई हुन् । जसका सबै फिल्म सुपरहिट छन् । यही ब्यानरको ‘जात्रा’ सिरिज दर्शकले खुबै मन पराए ।

यमसँग पनि एउटा कथा थियो । षट्कोण आट्सले फिल्म बनाउन कथा खोजेको थाहा पाएपछि यमले आफ्नो कथा प्रदीप र उनको टिमलाई सेयर गरे ।

यम भन्छन्, ‘उहाँहरू तराईको कथा खोज्दै हुनुहुन्थ्यो । अनि मैले आफूसँग भएको आमा–छोरीको कथा सुनाए ।’

तर, त्यस समय प्रदीपकै निर्देशनमा फिल्म बन्ने सोचका साथ कथा सुनाएको यमले सेयर गरे । हुन पनि पट्कोण आट्र्स एक्लो र सतप्रतिशत सफल फिल्म दिने निर्देशक हुन्– प्रदीप ।

उक्त ब्यानरमा बन्ने फिल्म अरुले निर्देशन गर्न पाउँछ भनेर पनि कसरी सोच्नु ?

तर, पटकथामा छलफल भएपछि षट्कोण आर्टस्ले यमलाई नै निर्देशनको प्रस्ताव राख्यो । उनी थप्छन्, ‘म त पहिला आफ्नो कथा प्रदीप भट्टराई जस्तो राम्रो निर्देशकको हातमा जाने भयो भनेर सोचिरहेको थिएँ । पछि मलाई नै निर्देशन गर्न दिने कुरा भयो । त्यहाँ कसले निर्देशन गर्ने भन्ने कुरामा चर्चा नै भएन ।’

फिल्मको नाम ‘लालीबजार’ भने प्रदीपले नै राखेको यमले बताए । उनी भन्छन्, ‘सुटिङका लागि लोकेशन हेर्ने क्रममा प्रदीप सरले नै नाम ‘लालीबजार’ राख्ने प्रस्ताव गर्नुभयो । जसमा सबैको सहमति भयो ।’

वैशाख १८ बाट प्रदर्शनमा आउने यस फिल्मको शीर्ष नायिका स्वस्तिमा खड्का र रवीन्द्रसिंह बानियाँ हुन् । म्याक्स दिपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता र प्रदीप कार्यकारीको निर्मातामा छन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ०७ बजे

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२

बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी

काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको