प्रियंकाले गुपचुपमै बनाएको फिल्म भदौ १२ मा प्रदर्शन हुने « Khabarhub

प्रियंकाले गुपचुपमै बनाएको फिल्म भदौ १२ मा प्रदर्शन हुने


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुपचुमै छायाङ्कन सकेपछि नायिका प्रियंका कार्कीले फिल्म ‘मास्टर्नी’को फ्रस्टलुक पोस्टर सार्वजनिक गरेकी छन् ।

नयाँ वर्षको दिन दरबारमार्गमा एक कार्यक्रमको आयोजना गरी प्रियंकाले फिल्म निर्माणबारे पहिलो पटक औपचारिक जानकारी दिएकी हुन् ।

लोमो समयको कसरतपछि प्रियंका फिल्म निर्माणमा होमिएकी हुन् । ‘मास्टर्नी’ उनको होम प्रोडक्सन ‘आयंका फिल्मस्’को ब्यानरमा बनेको हो ।

फिल्मको पोस्टर प्रियंका कार्कीलाई मात्रै प्रस्तुत गरिएको छ । अरू पात्रकहरूको अनुहार देखाइएको छैन । मोसन पोस्टरमा चाहिँ नायिका प्रियंकाको साथमा नायक प्रमोद अग्रहरीलाई देखाइएको छ ।

पोस्टरमा प्रियंका शिक्षिकाको भूमिकामा छिन् । प्रमोदको भूमिकाबारे खुलाइएको छैन ।

क्राइम थ्रिल्लर र मर्डर मिस्ट्री जनरामा बनेको यो फिल्मको प्रदर्शन मिति भदौ १२ लाई तोकिएको हो ।

यस फिल्मको शीर्ष भूमिकामा प्रियंका, प्रमोद, आर्यन सिक्देल, ऋचा शर्मा, अनुपविक्रम शाही शीर्ष भूमिकामा रहेको बताइएको छ ।

फिल्ममा अन्य थुप्रै चर्चित कलाकारहरूको अतिथीय भूमिकामा रहेको बुझिएको छ । याे फिल्मको निर्देशक सुवेन्दु घोष हुन् ।

सान बस्यान कथा लेखेका हुन् । उनी र प्रियंकासँग मिलेर पटकथा लेखेका हुन् ।

प्रियंकाका श्रीमान् आयुषमान जोशी निर्मातामध्येका एक हुन् । अन्य निर्माताहरू प्रनित कार्की र क्याबिनेट श्रेष्ठ हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ४ : ४५ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग