अमेरिकालाई इरानी राष्ट्रपतिको चेतावनी : शर्त थोपरेर आत्मसमर्पण गराउने प्रयास सफल हुँदैन « Khabarhub

अमेरिकालाई इरानी राष्ट्रपतिको चेतावनी : शर्त थोपरेर आत्मसमर्पण गराउने प्रयास सफल हुँदैन


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

तेहरान- स्ट्रेट अफ हर्मुजमा अमेरिकी नाकाबन्दीबीच इरानी राष्ट्रपतिले अमेरिकालाई कडा चेतावनी दिएका छन् ।

संसारका सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एकमा अमेरिकी नाकाबन्दीबीच इरानका राष्ट्रपति मसूद पेजशकियानले अमेरिकालाई चेतावनी दिएका हुन् ।

पश्चिम एसियामा जारी तनावबीच उनले आफूहरूको देश युद्ध होइन, संवाद चाहिरहेको बताएका छन् । उनले इरान कुनै पनि टकरावको पक्षमा नरहेको बताउँदै विवादहरूको समाधान संवादबाट नै सम्भव छ भन्ने विश्वास गर्ने पनि बताए ।

इर्ना समाचार एजेन्सीका अनुसार, पेजशकियानले अमेरिकालाई इरानमाथि आफ्ना शर्तहरू थोप्ने वा आत्मसमर्पणका लागि बाध्य पार्ने प्रयास नगर्न चेतावनी दिएका छन् । उनले यस्तो कुनै पनि प्रयास सफल नहुने पनि बताएका छन् ।

इरानी राष्ट्रपतिले हालका हमलाहरूमाथि पनि प्रश्न उठाएका छन्। उनले अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तअन्तर्गत नागरिकहरू, बच्चाहरू, बुद्धिजीवीहरू, विद्यालय र अस्पतालहरूलाई निशाना बनाउनुको कुनै औचित्य नरहेको पनि बताए ।

उनले भने, ‘इरान शान्ति र संवादको पक्षमा छ, तर आफ्नो सार्वभौमिकता र सुरक्षासँग कुनै किसिमको सम्झौता गर्दैन।’

उता इरानी विज्ञान मन्त्री हुसेन सिमाई सर्राफले उनीहरूको देश अराजक शत्रुसँग जुधिरहेको बताएका छन् । उनले भने, ‘हामी अहिले यस्तो शत्रुसँग सामना गरिरहेका छौँ कि जसले न कानुन मान्छ न नैतिकता पालना गर्छ।’

तेहरानस्थित एरोस्पेस रिसर्च इन्स्टिच्युटको भ्रमणका क्रममा उनले यो भनाइ सार्वजनिक गरेका हुन्। यो संस्थान २८ फेब्रुअरीको हमलामा प्रभावित भएको थियो।

इरानी मिडियाले यस संस्थानमा भएको क्षतिको भिडियो पनि सार्वजनिक गरेको छ, जसमा भवनलाई ठूलो क्षति पुगेको देखिन्छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ४ : ३७ बजे

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै

चितवन– खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ

ट्रम्पले भने : खाडी देशहरूमा इरानले आक्रमण गर्ला भन्ने लागेको थिएन

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका बीच खाडी देशहरूमा

सुन्तला र अलैँची खेतीबाट मनग्य आमदानी

गलकोट– बागलुङ नगरपालिका–५ मालिकाका कमलबहादुर केसी उमेरले ६८ वर्ष पुगे।

गृहमन्त्री गुरुङको कार्यशैलीमाथि प्रश्नै प्रश्न- पुलिस युनिटमा टिसर्ट लाएर जान मिल्दैन

काठमाडौं– गृहमन्त्री सुदन गुरुङको कार्यशैलीमाथि चौतर्फी प्रश्न उठ्न थालेको छ

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन– चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा आइपुगेको