चिनियाँ राष्ट्रपतिसँग आश्वस्त ट्रम्प इटालीकी प्रधानमन्त्रीमाथि खनिए « Khabarhub

चिनियाँ राष्ट्रपतिसँग आश्वस्त ट्रम्प इटालीकी प्रधानमन्त्रीमाथि खनिए


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिङले इरानलाई कुनै हतियार नदिइरहेको बताएको उल्लेख गरेका छन् ।

यो जानकारी दुवै नेताहरूबीच भएको पत्राचारपछि बाहिर आएको हो। ट्रम्पले उनीहरूलाई चीनले इरानलाई हतियार दिइरहेको खबर आएको बताउँदै त्यसपछि शीलाई पत्र लेखेर आपत्ति जनाएको उल्लेख गरेका छन् । उनले पत्र नै लेखेर यस्तो नगर्न भनेको बताएका छन्।

ट्रम्पका अनुसार समकक्षी राष्ट्रपतिले जवाफी पत्रमा चीनले यस्तो कुनै आपूर्ति नगरिरहेको बताएका छन् ।

उनले इरानसँग जोडिएका घटनाक्रम वा तेल बजारमा भएको परिवर्तनले उनी र शी जिनपिङबीच अर्को महिनामा हुने बैठकमा कुनै असर नपार्ने पनि बताए ।

अमेरिकी गुप्तचर रिपोर्टहरूमा चीनले इरानलाई एयर डिफेन्स सिस्टम दिन तयारी गरिरहेको उल्लेख भएपछि यो विषय चर्चामा आएको थियो।

इटालीमाथि खनिए

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र इटलीको सम्बन्ध पहिले जस्तो नरहेको बताएका छन्। उनले इरान युद्धमा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीको रवैयाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले मेलोनीको रवैया नकारात्मक रहेको बताए । ‘जुन देशहरूले इरान मामिलामा अमेरिकाको साथ दिँदैनन्, उनीहरूसँगको सम्बन्ध पहिले जस्तो रहन सक्दैन’, उनले भने ।

ट्रम्पले नाटोको पनि आलोचना गर्दै यदि सहयोगी देशहरूले अमेरिकाको साथ नदिए अमेरिकाले यति ठूलो खर्च किन गरिरहेको छ भन्ने प्रश्न उठ्ने बताए।

उनले इरानभन्दा ठूला मुद्दाहरूमा सहयोग आवश्यक रहेको बताउँदै त्यो नभएमा सम्बन्धमा असर पर्ने पनि बताए ।

यसअघि नै मेलोनीले अमेरिका–इरान युद्धमा सामेल हुन अस्वीकार गरेकी थिइन्। त्यसपछि दुई देशबीच मतभेद देखिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : २१ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति