ट्रम्पले भने : खाडी देशहरूमा इरानले आक्रमण गर्ला भन्ने लागेको थिएन « Khabarhub

ट्रम्पले भने : खाडी देशहरूमा इरानले आक्रमण गर्ला भन्ने लागेको थिएन


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका बीच खाडी देशहरूमा हमला हुने आशा नभएको बताएका छन्।

उनले यो कुरा फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भनेका हुन्। ट्रम्पले कतार, साउदी अरेबिया र यूएई जस्ता देशहरूलाई इरानद्वारा निशाना बनाइने विश्वास आफूलाई नभएको बताएका हुन् । तर इरानले आफूमाथि आक्रमण भएपछि जवाफी कारबाही चलाएको थियो ।

उनले इरान मध्यपूर्वमा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका बेला अमेरिकाले रोकेको बताए । ट्रम्पले यदि अमेरिकाले गत वर्ष कारबाही नगरेको भए इरानले छिट्टै परमाणु हतियार बनाउन सक्ने पनि दाबी गरे । इरानले त्यसको प्रयोग क्षेत्रीय देशहरूविरुद्ध गर्न सक्ने उनको अनुमान थियो ।

इरानको प्रतिबन्धित सुपरट्यांकरले हर्मुज स्ट्रेट पार गर्‍यो

इरानको स्थानीय समाचार एजेन्सीका अनुसार, अमेरिकाको रोकतोकका बाबजुद एक प्रतिबन्धित सुपरट्यांकरले हर्मुज स्ट्रेट पार गरेर गरेको छ । यो जहाज इरानको इमाम खुमैनी बन्दरगाहतर्फ प्रस्थान गरेको छ।

रिपोर्टमा यो भीएलसीसी (भेरी लार्ज क्रुड क्यारिअर) कच्चा तेल बोक्न सक्ने जहाज हो । जसले २० लाख ब्यारल कच्चा तेल बोक्न सक्छ। तर, ट्यांकर आफ्नो मालसहित फर्किरहेको थियो या खाली भन्ने स्पष्ट भएको छैन।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ३९ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)