सरकारले १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार गर्ने « Khabarhub

सरकारले १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार गर्ने


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप प्रक्रियालाई अघि बढाउन स्विजरल्यान्ड सरकारबाट अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘सत्य निरुपण मेलमिलाप कोष’का लागि स्वीस फ्रेन्क एक मिलियन बराबरको अनुदान सहयोग प्राप्त गर्ने निर्णय गरेको हो । 

बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

उक्त रकम द्वन्द्वकालीन घटनाको छानबिन, सत्य तथ्य उजागर तथा पीडितकेन्द्रित मेलमिलाप प्रक्रियालाई सुदृढ बनाउन उपयोग गरिने जनाइएको छ।

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण र मेलमिलाप प्रक्रियालाई अगाडि बढाउन यो अनुदान महत्वपूर्ण सहयोग पुग्ने सरकारले विश्वास लिएको छ । 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : ५० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण