टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन « Khabarhub

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि समेटिएका छन् ।

३५ वर्षका पूर्व र्यापर नेपालको प्रधानमन्त्री बनेको भन्दै सयभित्र समेटिएको छ ।म्यागेजिनले यही मार्चमा नेपालको कान्छोमध्येको प्रधानमन्त्री बनेको उल्लेख गरेको छ । बालेनको विशाल विजयलाई भदौमा भएको घातक प्रदर्शनले उत्तेजित बनाएर भएको भनेको छ ।

त्यस्तै जेनजी आन्दोलनले नेपालको पुराना पुस्तालाई एकैपटक हटाएको पनि भनेको छ । म्यागेजिनमा बालेन्द्रलाई सामान्यतया बालेन भनेर चिनिने र उनी एक सिभिल–इन्जिनियरिङ भएको उल्लेख गरेको छ । त्यस्तै उनको उपस्थिति र सुशासनबारे उनको क्रियाकलापले नै उनलाई यसअघि काठमाडौँको मेयरमा निर्वाचित गरेको पनि यहाँ उल्लेख छ ।

बालेनको उदयलाई दक्षिण एसियाकै वंशवादी राजनीतिक अस्वीकारको रुपमा पनि टाइमले उल्लेख गरेको छ । मेयरको रूपमा, बालेनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवा सुधार गर्न सफल भएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १० : ४१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको