रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल « Khabarhub

रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा बिहीबार रेलिगेसनमा परिसकेको रियल ओभिएडोमाथि २–० को सान्त्वना जित दर्ता गरेको छ । सान्टियागो बर्नाबाउमा भएको खेलमा गोन्जालो गार्सिया र जुड बेलिंघमले गोल गरे ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धाको पहिलो हाफमा गार्सियाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बेलिंघमले अर्को गोल थपेपछि टोलीको जित निश्चित भएको हो । अघिल्लो खेलमा बार्सिलोनासँग पराजित भएसँगै रियलको उपाधि रक्षा गर्ने अभियान समाप्त भएको थियो ।

यो जितपछि दोस्रो स्थानमा रहेको रियलको ३६ खेलबाट ८० अंक पुगेको छ । शीर्ष स्थानको बार्सिलोना ९१ अंकसहित च्याम्पियन बनिसकेको छ । लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् ।

पराजित ओभिएडो २९ अंकसहित तालिकाको पुछारमा छ र यसअघि नै रेलिगेसनमा परिसकेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ८ : १६ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी