पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ९ सुरक्षाकर्मीको मृत्यु, २१ घाइते « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ९ सुरक्षाकर्मीको मृत्यु, २१ घाइते


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु, हुनुका साथै २१ जना घाइते भएको जनाइएको छ । 

बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती बमले भरिएको गाडीमा ठोक्किएर विस्फोट भए पछि सुरक्षाकर्मीको मृत्यु भएको र प्रहरीले जनाएको छ ।

बजौर जिल्लाको स्काउट्सको मुख्यालयमा स्थानीय समय अनुसार वेलुका ७ः५५ मा विस्फोट भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले  जनाएको छ ।

स्रोतहरूबाट प्राप्त प्रारम्भिक जानकारीका अनुसार, विस्फोटक पदार्थले भरिएको गाडी  स्काउट परिसरको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले यसलाई रोक्ने प्रयास गरे पछि गेट र वरपरका पर्खालहरूलाई क्षति पुग्ने गरी विस्पोट भएको जनाइएको छ ।

विस्फोट पछि, भारी हतियारधारी आतंककारीहरूले गोला बारी गर्दा मुख्यालय भित्र तैनाथ सुरक्षा बलहरूसँग गोलीबारी सुरु भएको स्रोतले जनाएका छन् । 

गोलीबारी कम भए पछि परिसर भित्र उद्धार र निकासी कार्य सुरु गरिएको जनाउदै अधिकारीहरूले मृतक तथा घाइतेहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताएका छन् । 

गोली हानाहानको क्रममा धेरै आतंकवादीहरू पनि मारिएको स्रोतहरूले बताएका छन् । सुरक्षा बलले यस क्षेत्रमा अपरेसन जारी राखेको कारण क्षतिको प्रकृति र सीमाको अझै पनि मूल्यांकन भइरहेको जनाइएको छ ।  

घाइते सैनिकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ भने अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ११ : ०० बजे

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन