गौँथलीको दुई पोस्टर सार्वजनिक « Khabarhub

गौँथलीको दुई पोस्टर सार्वजनिक


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डा. कपिल रिलाज निर्देशित फिल्म ‘गौँथली’को दुई पोस्टर सार्वजनिक भएको छ ।

फिल्मका शीर्ष कलाकार नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का फिचर्ड पोस्टर निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो ।

साउन १ लाई प्रदर्शन मिति तोकिएको यस फिल्मको एक पोस्टरमा नायक अरुण र सिम्रनलाई फिचर्ड गरिएको छ । उक्त पोस्टरमा उनीहरू दुलाहा र दुलहीको चरित्रमा देख्न सकिन्छ ।

अर्को पोस्टरमा सिम्रन एकल फिचर्ड छिन् । जहाँ उनलाई डोकामा घाँस बोक्दै किताब पढिरहेको देख्न सकिन्छ ।

यी दुई पोस्टरले फिल्मको कथा ग्रामीण परिवेशको रहेको संकेत गर्छ ।

यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

डा। भोला रिजालको कथामा यो फिल्म बनेको हो । पटकथा तथा संवाद लेखनमा निर्देशक डा। कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माताहरू सुमन गिरीसँगै निर्देशक डा। कपिल पनि हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १२ : ४६ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम