राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत « Khabarhub

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा ल्याउँदा विवादास्पद चर्चा गरिएको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री शाहले फेरि आफ्नै कार्यालय मातहतमा ल्याएका हुन् ।

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ मार्फत १८ वटा मन्त्रालयको कार्यविभाजन गर्दै राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री कार्यालयको मातहत ल्याइएको हो ।

०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएका थिए । ओली सरकारको सो निर्णयले शक्तिको केन्द्रीकरण गर्न खोजिएको भन्दै प्रश्न उठेको थियो ।

यस अघिको शुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालयको मातहतमा ल्याउने निर्णय गरेको थियो । जसमध्ये राजस्व अनुसन्धान विभागलाई भने सरकारले खारेज गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १ : ०१ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले