राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत « Khabarhub

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा ल्याउँदा विवादास्पद चर्चा गरिएको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री शाहले फेरि आफ्नै कार्यालय मातहतमा ल्याएका हुन् ।

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ मार्फत १८ वटा मन्त्रालयको कार्यविभाजन गर्दै राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री कार्यालयको मातहत ल्याइएको हो ।

०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएका थिए । ओली सरकारको सो निर्णयले शक्तिको केन्द्रीकरण गर्न खोजिएको भन्दै प्रश्न उठेको थियो ।

यस अघिको शुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालयको मातहतमा ल्याउने निर्णय गरेको थियो । जसमध्ये राजस्व अनुसन्धान विभागलाई भने सरकारले खारेज गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १ : ०१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का