माउण्टेन डिउको बिक्रीमा रोक   « Khabarhub

माउण्टेन डिउको बिक्रीमा रोक  


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको भिडियो सार्वजनिक गरेपछि सरकारले घटनाप्रति गम्भीर चासो देखाएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित ब्याचको उत्पादनमाथि अनुगमन गर्दै तत्कालका लागि बिक्री–वितरणमा रोक लगाएको जनाएको छ। 

काठमाडौँको तारकेश्वर नगरपालिकाका एक उपभोक्ताले माउन्टेन ड्यू सेवन गरेपछि अस्वाभाविक महसुस भएको र वाकवाकी आएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए । उक्त गुनासोपछि विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ले तत्काल अनुगमन सुरु गरेको हो ।

विभागका अनुसार प्रभावित उत्पादन ब्याच नं १६८ उत्पादन मिति २०२६ ०४ ०६ को २५० मि।लि।प्याक रहेको छ । अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका–३२ स्थित  वरुण वेभरेजमा उक्त व्याचको १ क्रेट मात्र गोदाममा फेला परेको र बाँकी स्टक डिलरहरूकहाँ पठाइसकिएको पाइएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा उत्पादनमा प्रयोग गरिएका कच्चा पदार्थ भने उपभोग्य मिति भित्रकै रहेको पाइएको विभागले उल्लेख गरेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले कम्पनीलाई पाँच दिनभित्र उक्त व्याचमा प्रयोग भएका कच्चा पदार्थको विस्तृत विवरण तथा खाद्य स्वच्छतासम्बन्धी अभिलेख पेश गर्न निर्देशन दिएको छ । 

साथै, सम्बन्धित व्याचको नमुना संकलन गरी थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको विभागले जनाएको छ । प्रयोगशालाको अन्तिम प्रतिवेदन नआएसम्म ब्याच नं १६८ का उत्पादन बिक्री–वितरण नगर्न उद्योग तथा सम्बन्धित डिलरहरूलाई कडा निर्देशन दिइएको छ ।

विभागले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको उल्लेख गर्दै दोषी पाइए कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  २ : ४६ बजे

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित