माउण्टेन डिउको बिक्रीमा रोक   « Khabarhub

माउण्टेन डिउको बिक्रीमा रोक  


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको भिडियो सार्वजनिक गरेपछि सरकारले घटनाप्रति गम्भीर चासो देखाएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित ब्याचको उत्पादनमाथि अनुगमन गर्दै तत्कालका लागि बिक्री–वितरणमा रोक लगाएको जनाएको छ। 

काठमाडौँको तारकेश्वर नगरपालिकाका एक उपभोक्ताले माउन्टेन ड्यू सेवन गरेपछि अस्वाभाविक महसुस भएको र वाकवाकी आएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए । उक्त गुनासोपछि विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ले तत्काल अनुगमन सुरु गरेको हो ।

विभागका अनुसार प्रभावित उत्पादन ब्याच नं १६८ उत्पादन मिति २०२६ ०४ ०६ को २५० मि।लि।प्याक रहेको छ । अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका–३२ स्थित  वरुण वेभरेजमा उक्त व्याचको १ क्रेट मात्र गोदाममा फेला परेको र बाँकी स्टक डिलरहरूकहाँ पठाइसकिएको पाइएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा उत्पादनमा प्रयोग गरिएका कच्चा पदार्थ भने उपभोग्य मिति भित्रकै रहेको पाइएको विभागले उल्लेख गरेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले कम्पनीलाई पाँच दिनभित्र उक्त व्याचमा प्रयोग भएका कच्चा पदार्थको विस्तृत विवरण तथा खाद्य स्वच्छतासम्बन्धी अभिलेख पेश गर्न निर्देशन दिएको छ । 

साथै, सम्बन्धित व्याचको नमुना संकलन गरी थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको विभागले जनाएको छ । प्रयोगशालाको अन्तिम प्रतिवेदन नआएसम्म ब्याच नं १६८ का उत्पादन बिक्री–वितरण नगर्न उद्योग तथा सम्बन्धित डिलरहरूलाई कडा निर्देशन दिइएको छ ।

विभागले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको उल्लेख गर्दै दोषी पाइए कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  २ : ४६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले