Khabarhub


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व निलम्बनको निर्णय फुकुवा गरेको छ ।

एन्फा महासचिवसहितका पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।

राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो ।

राखेपलाई विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (ण्एएफसी)ले तत्काल निलम्बन फुकुवा गर्न वैशाख २१ गतेसम्मको समय दिएका थिए।

वैशाख ९ मा दुवै निकायले निर्णय फिर्ता लिन राखेपलाई आग्रह गरेका थिए। एन्फाले ‘अर्ली इलेक्सन’ अगाडि बढाएपछि राखेपसँग विवाद बढेको थियो।

राखेपले तत्काल निर्वाचन प्रक्रिया रोक्न निर्देशन नै दिएको थियो। तीन पटकसम्म पत्राचार गरेर निर्वाचन रोक्न भने पनि एन्फाले बेवास्ता गर्दै साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढाएपछि विवाद चर्किँदै जाँदा फिफा र एएफसीको चासो आएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ३ : ५७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका