Khabarhub


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व निलम्बनको निर्णय फुकुवा गरेको छ ।

एन्फा महासचिवसहितका पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।

राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो ।

राखेपलाई विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (ण्एएफसी)ले तत्काल निलम्बन फुकुवा गर्न वैशाख २१ गतेसम्मको समय दिएका थिए।

वैशाख ९ मा दुवै निकायले निर्णय फिर्ता लिन राखेपलाई आग्रह गरेका थिए। एन्फाले ‘अर्ली इलेक्सन’ अगाडि बढाएपछि राखेपसँग विवाद बढेको थियो।

राखेपले तत्काल निर्वाचन प्रक्रिया रोक्न निर्देशन नै दिएको थियो। तीन पटकसम्म पत्राचार गरेर निर्वाचन रोक्न भने पनि एन्फाले बेवास्ता गर्दै साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढाएपछि विवाद चर्किँदै जाँदा फिफा र एएफसीको चासो आएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ३ : ५७ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी