चिनियाँ भू-उपग्रह कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध « Khabarhub

चिनियाँ भू-उपग्रह कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका तीन वटा व्यावसायिक भू-उपग्रह कम्पनीहरूमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । यी कम्पनीहरूले इरानलाई सैन्य सहयोग गरेको अमेरिकाको आरोप छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धमा परेका कम्पनीहरूले इरानलाई भू-उपग्रहका तस्बिरहरू उपलब्ध गराएका थिए । ती तस्बिरकै मद्दतले इरानले मध्यपूर्वमा रहेका अमेरिकी सेनामाथि सैन्य आक्रमण गरेको दाबी गरिएको छ । प्रतिबन्धित चिनियाँ कम्पनीहरूमा ‘द अर्थ आई’, ‘मिजारभिजन’ र ‘चाङ गुआङ स्याटेलाइट टेक्नोलोजी’ रहेका छन् ।

‘द अर्थ आई’ कम्पनीले इरानलाई भू-उपग्रह तस्बिर प्रदान गरेको अमेरिकी दाबी छ । त्यस्तै ‘चाङ गुआङ’ कम्पनीले पनि मध्यपूर्वमा अमेरिकी सेना र उसका सहयोगीका सैन्य अखडाका तस्बिरहरू इरानलाई दिएको थियो ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले चीनमा बनेको भू-उपग्रहमा पहुँच बनाएको समाचार यसअघि नै सार्वजनिक भएको थियो । प्राप्त दस्तावेज अनुसार इरानी कमाण्डरहरूले आक्रमण गर्नुभन्दा केही दिनअघि मात्र अमेरिकी सैन्य क्षेत्रका तस्बिरहरू मगाएका थिए ।

यसका साथै ‘चाङ गुआङ’ कम्पनीले यमनका हुथी विद्रोहीहरूलाई पनि तस्बिरहरू उपलब्ध गराएको बताइएको छ । ती तस्बिरको सहयोगमा हुथीहरूले लाल सागरमा अमेरिकी युद्धपोतहरूलाई निशाना बनाएका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई सहयोग गर्ने चिनियाँ कम्पनीहरूलाई जबाफदेही बनाउन यो कदम चालिएको बताएका छन् । उनले इरानको सैन्य आधारलाई मद्दत गर्ने जुनसुकै देशका संस्था र व्यक्तिविरुद्ध अमेरिकाले आवश्यक कारबाही जारी राख्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १२ : ३० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको